सरकारले डा. मनोजकुमार शर्मालाई कार्यक्षमताका आधारमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको स्पष्ट पारेको छ। शुक्रबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले न्याय क्षेत्र सुधारको उद्देश्यसहित कार्यसम्पादन मूल्यांकनका आधारमा शर्मालाई सिफारिस गरिएको बताएका हुन्।
‘‘नेपालको न्याय क्षेत्रका सुधार गर्नुपर्ने, नीतिगत, कानुनी, संवैधानिक रूपमा सुधार गर्नुपर्छ कुरा उठ्दै नै आएको हो। कार्यपालिका, व्यवास्थापिलकाबाट न्यायपालिकालाई टाढै राख्नुपर्छ।,’ उनले भने, ‘‘सम्भवतः पहिलो पटक नै मुद्दाको फर्छ्यौटको हिसाबले प्रधानन्यायाधीशको सिफारिस गरिएको हो । यही पर्फेक्ट भनेर पनि भन्न खोजेको होइन। यसलाई अझै राम्रो बनाउँदै जानुपर्छ।’

















प्रतिकृया