एबीसी न्यूजले ट्रम्पलाई किन एक करोड पचास लाख डलर दिँदै ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३० गते
एबीसी न्यूजले ट्रम्पलाई किन एक करोड पचास लाख डलर दिँदै ?
AdvertisementAds

अमेरिकी सञ्चारमाध्यम एबीसी न्यूजले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक करोड पचास लाख डलर (करिब दुई अर्ब तीन करोड नेपाली रुपैयाँ) क्षतिपूर्ति तिर्न सहमति गरेको छ।

ट्रम्पबारे झुठो समाचार प्रकाशित गरेको स्वीकार गर्दै यो सहमति भएको हो। एबीसीले आफ्नो अनलाइन पोर्टलमा ट्रम्प ‘बलात्कारका लागि जिम्मेवार’ रहेको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो, जसलाई पछि त्रुटिपूर्ण भएको स्वीकार गरिएको छ।

सम्झौताअनुसार एबीसीले ट्रम्पले स्थापना गरेको फाउण्डेशन, राष्ट्रपतिको नाममा स्थापित सङ्ग्रहालय, वा धर्मार्थ योगदानका रूपमा उक्त रकम जम्मा गर्नेछ।

साथै, ट्रम्पका कानूनी खर्चका लागि थप १० लाख डलर भुक्तानी गर्नेछ। एबीसीले १० मार्च २०२४ मा त्रुटिपूर्ण समाचार सामग्री मुनि सम्पादकको नोट (भूलसुधार) पनि पोष्ट गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स