माओवादी सांसदले रोष्ट्रमबाटै किन च्याते बजेट पुस्तिका ?

माओवादी सांसदले रोष्ट्रमबाटै किन च्याते बजेट पुस्तिका ?

नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सांसद रेशम जुग्जालीले म्याग्दी जिल्लालाई बजेट नपरेको भन्दै प्रदेशसभाको रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन्। उनले म्याग्दीको भूगोल नबुझी बजेट बनाइएको आरोप लगाउँदै, मुख्यमन्त्री र मन्त्रीहरूलाई गुर्जादेखि नारच्याङसम्म घुमाउन सुझाव दिए।

पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका जुग्जालीले हालको बजेट पूर्वाग्राही भएको र पुराना बहुवर्षीय योजनामा पर्याप्त बजेट छुट्याइनुपर्नेमा कम बजेट विनियोजन गरिएको गुनासो गरे। उनका अनुसार बजेटको ७० प्रतिशत बहुवर्षीय योजनामा जानुपर्नेमा ५९ प्रतिशत मात्र छुट्याइएको छ।

बजेटबाट देवीदेवता मात्रै खुसी भएको कटाक्ष गर्दै उनले कांग्रेस–एमाले कार्यकर्ताहरू मास्क लगाएर हिँड्नुपर्ने अवस्था आएको बताए। गठबन्धन फेरिएपछि मन्त्री पद गुमाएका जुग्जालीले बजेट ‘सगरमाथा जान खोजेको तर हिन्दसागर पुगेको’ भन्दै व्यंग्य गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स