insta insta

किन ह्वात्तै घट्यो आरएसडिसी लघुवित्तको नाफा ?

किन ह्वात्तै घट्यो आरएसडिसी लघुवित्तको नाफा ?
Advertisement Ads

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा २७.१९ प्रतिशतले घटेर १० करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

इम्पेयरमेन्ट चार्ज बढ्नु, खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्नु लघुवित्तको नाफा घट्नुको मुख्य कारण हो।

चौथो त्रैमाससम्ममा आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानी २२.५४ प्रतिशतले घटेर २२ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ भने कुल सञ्चालन आम्दानी २४.५१ प्रतिशतले घटेर २३ करोड ४ लाख रुपैयाँमा पुगेको छ। यता, अन्य सञ्चालन आम्दानी ६९.६९ प्रतिशतले घटेर ४७ लाख रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, इम्पेयरमेन्ट चार्ज ऋणात्मक ६५ लाख रुपैयाँबाट बढेर २ करोड ६८ लाख रुपैयाँमा पुगेको छ।लघुवित्तको खराब कर्जा अनुपात ०.०३ प्रतिशत बिन्दुले बढेर ३.३४ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ६ अर्ब ८० करोड ९१ लाख रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी ६ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ८ करोड ५४ लाख रुपैयाँ र जगेडा कोषमा २६ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३ पैसा घटेर ९ रुपैयाँ ९८ पैसामा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ९५ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

RSDC 1 https://bajarkochirfar.com/why-did-rsdc-microfinances-profits-decline-sharply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स