किन घट्यो मुक्तिनाथ विकास बैंकको नाफा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २१ गते
किन घट्यो मुक्तिनाथ विकास बैंकको नाफा ?

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा २०.२४ प्रतिशतले घटेर २२ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

इम्पेयरमेन्ट चार्ज बढेको कारण बैंकको नाफामा कमी आएको हो। बैंकको इम्पेयरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँबाट बढेर ५४ करोड ११ लाख रुपैयाँमा पुगेको छ, जसले सञ्चालन मुनाफा र खुद नाफामा दबाब पारेको छ।

पहिलो त्रैमासमा बैंकको  खुद ब्याज आम्दानी ६.७३ प्रतिशतले बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यस्तै, कुल सञ्चालन आम्दानी ५.७२ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २०.३७ प्रतिशतले घटेर ३२ करोड ११ लाख रुपैयाँमा सिमित भएको छ।

बैंकको खराब कर्जा आनुपात ०.८७ प्रतिशतबिन्दुले बढेर ४.०३ प्रतिशत पुगेको छ।

मुक्तिनाथ विकास बैंकको चुक्ता पूँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३८ पैसा रहेको छ। गत बर्ष वितरणयोग्य मुनाफा ६२ करोड ९० लाख रूपैया र वितरणयोग्य प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९३ पैसा थियो।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २४ पैसा घटेर १२ रुपैयाँ ७६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ २ पैसा र मूल्य आम्दानी अनुपात ३४.१३ गुणा रहेको छ।

MNBBL 2 https://bajarkochirfar.com/why-did-muktinath-bikas-banks-profit-decrease | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स