बीमा प्राधिकरणकी संचालक राधा पोखरेलले किन दिइन् राजीनामा ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ७ गते
बीमा प्राधिकरणकी संचालक राधा पोखरेलले किन दिइन् राजीनामा ?

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिकी महिला सदस्य राधाकुमारी पोखरेलले राजीनामा दिएकी छन्। स्वास्थ्य अवस्थाका कारण समय दिन नसक्ने भन्दै केही दिनअघि उनले राजीनामा दिएकी थिइन्। उनका अनुसार, उक्त राजीनामा आइतबार स्वीकृत भएको हो।

राजीनामा स्वीकृत भएसँगै प्राधिकरणको वेबसाइटमा पनि सञ्चालक समिति सदस्यको विवरण अद्यावधिक गरिएको छ। मंगलबार गरिएको अद्यावधिकमा पोखरेलको नाम हटाइएको छ र हाल समितिमा अध्यक्ष सेवन्तक पोखरेल, सदस्यद्वय मानबहादुर अर्याल र सन्तोष रिजाल रहेका छन्।

राधा पोखरेलको नियुक्ति चैत १ गतेदेखि लागू हुने गरी अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयमार्फत गरेका थिए। तर नियुक्तिको समयमा उनको योग्यता र पारदर्शिता सम्बन्धमा प्रश्न उठेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स