उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गरेका छन्।
आज बिहान बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेर उनले सभापति देउवासँग बजेटसम्बन्धी सुझाव लिएका हुन्। उक्त अवसरमा देउवाले देशको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै मितव्ययी नीति अपनाउन र स्रोत साधनको अधिकतम् उपयोग हुने गरी बजेट निर्माण गर्न सुझाव दिएका थिए।



















प्रतिकृया