क्यानडाकी अर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्डले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले सोमबार प्रधानमन्त्री जस्टिन ट्रुडोलाई राजीनामा पत्र बुझाएकी हुन् र यो पत्र सामाजिक सञ्जालमा पनि साझा गरेकी छन्।
राजीनामापत्रमा उनले लेखेकी छन्, “प्रधानमन्त्रीज्यू, सरकारमा सेवा गर्नु र क्यानडा तथा क्यानाडाली जनताको लागि काम गर्नु मेरो जीवनको सम्मान हो। सँगै मिलेर हामीले धेरै उपलब्धि हासिल गरेका छौं।”
अर्को भागमा उनले भनेकी छिन्, “शुक्रबार तपाईंले मलाई अर्थमन्त्रीका रूपमा नियुक्त नगर्ने बताउनुभयो र मन्त्रिपरिषद्मा अर्को पद प्रस्ताव गर्नुभयो। धेरै सोचविचारपछि, म मन्त्रिपरिषदबाट राजीनामा दिनु नै उपयुक्त हुने निष्कर्षमा पुगेकी छु। यो इमान्दार कदम हो।”
विगत केही हप्तादेखि प्रधानमन्त्री ट्रुडोसँग क्यानडाको भविष्यका बारेमा असहमति रहेको कुरा उनले उल्लेख गरिन्। उनले थपेकी छिन्, “आज हाम्रो देश गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ। अमेरिकामा आउने नयाँ प्रशासन (डोनाल्ड ट्रम्प) ले आक्रामक आर्थिक राष्ट्रवादको नीति अपनाइरहेको छ, र २५ प्रतिशत ट्यारिफको धम्कीलाई गम्भीरतासाथ लिन आवश्यक छ।”















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया