यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७४ कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १७० रुपैयाँ मूल्यमा सेयर बिक्रीमा राखेको जनाएको छ।
संस्थापक सेयर बेच्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई दिइने भएकाले, हाल उक्त सेयर केवल विद्यमान संस्थापक सेयरधनीले मात्र किन्न सक्नेछन्।
सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको सुन्धारा स्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। निवेदनमा किन्न चाहेको सेयर संख्या समेत उल्लेख गर्नुपर्नेछ।
तोकिएको म्यादभित्र पर्याप्त निवेदन नपरे वा सबै सेयर बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइनेछ।

















प्रतिकृया