सरकारले कसलाई गर्यो नेप्सेको सीईओमा नियुक्त?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १९ गते
सरकारले कसलाई गर्यो नेप्सेको सीईओमा नियुक्त?
AdvertisementAds

सरकारले चुडामणि चापागाईंलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ।झापा निवासी चापागाईं सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजर (डिजिएम) पदमा कार्यरत थिए। उनले विभिन्न वाणिज्य बैंक र विकास बैंकमा समेत काम गरिसकेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नेप्सेको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि सर्टलिस्टमा रहेका नारद लुइँटेललाई सीईओ बनाउन लागिएको थियो, तर योग्यता अपुग देखिएपछि उनको नियुक्ति रद्द गरिएको थियो।

लुइँटेल पर्यटन व्यवसायीसमेत भएकाले उनको नाम सिफारिस हुँदा आलोचना हुन सक्ने देखिएपछि सरकारले नयाँ नियुक्ति गर्ने निर्णय गरेको हो।नेप्सेका पूर्व सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गते सकिएपछि यो पद रिक्त रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स