एन्ड्रोइड र आइफोन मध्ये कुन डिभाइस छिटो ह्याक हुन्छ ?

एन्ड्रोइड र आइफोन मध्ये कुन डिभाइस छिटो ह्याक हुन्छ ?

हालै गरिएको अध्ययनले एन्ड्रोइडको तुलनामा आईओएस (एप्पल कम्पनीले उत्पादन गरेका स्मार्टफोन, ट्याब्लेट) डिभाइसहरू साइबर आक्रमणको बढी जोखिममा रहेको देखाएको छ।

अमेरिकाको बोस्टनमा आधारित क्लाउड सेक्युरिटी कम्पनी लुकआउटले सार्वजनिक गरेको २०२४ को तेस्रो त्रैमासिक ‘मोबाइल थ्रेट ल्यान्डस्केप रिपोर्ट’ले आईओएस डिभाइसहरूमा फिशिङ र वेब सामग्रीसम्बन्धी खतराको सम्भावना बढी रहेको खुलासा गरेको हो।

यो प्रतिवेदनले जुलाईदेखि सेप्टेम्बर २०२४ सम्मको अवधिलाई समेट्दै साइबर अपराधीहरूले आफ्नो आक्रमणको सुरुवाती चरणमा मोबाइल डिभाइसलाई प्राथमिक निशाना बनाएको देखाएको छ।

लुकआउटका अनुसन्धानकर्ताका अनुसार अघिल्लो त्रैमासिकको तुलनामा व्यवसायमा केन्द्रित क्रेडेन्सियल चोरी र फिशिङ प्रयास १७ प्रतिशतले वृद्धि भएको छ भने मालवेयर एपको पहिचानमा ३२ प्रतिशतको वृद्धि देखिएको छ।

२०२४ को पहिलो तीन महिनामा १९ प्रतिशत आईओएस डिभाइस फिशिङ आक्रमणको शिकार भएका छन्, जबकि एन्ड्रोइड डिभाइसको हिस्सा १०.९ प्रतिशत मात्र छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स