सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुसार सहुलियतपूर्ण ऋणका लागि एक हजार ३१४ कम्पनीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सार्वजनिक गरेको सूचीमा अनलाइन र भौतिक रूपमा आवेदन गरेका पाँच हजार १५८ कम्पनीमध्ये छनोट भएका कम्पनीहरू समावेश छन्। अनलाइनबाट तीन हजार ३२० आवेदन परेका मध्ये ६५५ कम्पनी, र भौतिक रूपमा आवेदन दिएका एक हजार ८३८ मध्ये ६५९ कम्पनी प्रारम्भिक सूचीमा परेका हुन्।
यस कार्यविधि अन्तर्गत सरकारले तीन प्रतिशत ब्याजदरमा बढीमा २५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउनेछ, जुन पाँच वर्षभित्र भुक्तानी गर्नुपर्नेछ। प्रारम्भिक सूचीमा परेका कम्पनीहरूलाई पुस २८ गतेदेखि प्रस्तुतीकरणका लागि बोलाइने छ। प्रस्तुतीकरणपछि, थप बैंकिङ प्रक्रिया र अनुगमनमार्फत योग्य ठहरिने कम्पनीहरूले सहुलियतपूर्ण कर्जा पाउनेछन्।
यहाँ क्लिक गरेर प्रारम्भिक छनोटमा परेका कम्पनीको सूची हर्नुहोस्













![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)


प्रतिकृया