SHAREHUBSHAREHUB

सर्वसाधारणका लागि समता घरेलु लघुवित्तको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १८ गते
AdvertisementAds
सर्वसाधारणका लागि समता घरेलु लघुवित्तको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। विद्यमान संस्थापक सेयरधनीले आफ्ना नाममा रहेका जस सेयर बिक्री गर्न इच्छा व्यक्त गरेपछि संस्थाले ३५ दिने सूचना प्रकाशित गरी संस्थापक सेयरधनीहरूलाई प्राथमिकतामा राखेको थियो। तर सो अवधिभित्र कुनै आवेदन नआएकाले अब उक्त सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो।

सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ वा संस्थाले आवश्यक कागजात संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र निवेदन दिन सक्नेछन्। निवेदन दिने क्रममा खरिद गर्न चाहिने सेयरको संख्या र प्रस्तावित दरभाउ स्पष्ट रूपमा उल्लेख गरी संस्थाको बनेपास्थित केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स