सर्वसाधारणका लागि कामना सेवा विकास बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार १७ गते
सर्वसाधारणका लागि कामना सेवा विकास बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको ४८ हजार कित्ता सेयर आजदेखि बिक्रीमा राखेको छ।

यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गर्दै उक्त सेयर खरिदका लागि आवेदन आह्वान गरेको थियो। तर, तोकिएको अवधिभित्र कुनै आवेदन नपरेकाले अब सर्वसाधारण व्यक्ति तथा कम्पनीलाई पनि खरिदका लागि खुला गरिएको बैंकले जनाएको छ।

यो सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदनमा आफूले खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स