ट्रेड टावर लिमिटेडले निष्काशन गरेको सेयर लगानीकर्ताको डिम्याट खातामा पठाएको छ। सिडीएससीले आइतबार साँझ आईपीओ बाँडफाँडमा परेका लगानीकर्ताको खातामा सेयर पठाएको हो।
अब कम्पनीका सेयरहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुनेछ। नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि TTL सिम्बलमार्फत सेयर कारोबार सुरु गर्न सकिनेछ।
कम्पनीको आईपीओ गत असार १ गते लक्ष्मी सनराइज क्यापिटलले बाँडफाँड गरेको थियो। यसअघि कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणलाई ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर निष्काशन गरेको थियो। यसमा २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ताको लागि आवेदन दिएका थिए, जसमा गोलाप्रथामार्फत ३ लाख २९ हजार ६५० जनाले सेयर पाएका थिए।
ट्रेड टावर लिमिटेडले काठमाडौं थापाथलीमा ट्रेड टावर भवन निर्माण गरी सञ्चालन गरिरहेको छ। साथै, भैँसेपाटीमा “जनता रेसिडेन्सी” अपार्टमेन्ट र गौशालामा “होटेल क्रिस्टल पशुपति” पनि निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ।








![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)








![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)


प्रतिकृया