नयाँ सूचीकृत कम्पनी ट्रेड टावर लिमिटेडको पहिलो कारोबार आज भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को स्पेशल प्रि–ओपन सेसन मार्फत कम्पनीको सेयर प्रतिकित्ता ३६६ रुपैयाँ १० पैसामा पहिलो पटक किनबेच भएको हो।
यसअघि ट्रेड टावरको सेयर असार ३१ गते, मंगलबार नेप्सेमा सूचीकृत भएको थियो। नियमानुसार पहिलो कारोबार असार ३२ गते (हिजो) नै हुने तय भए पनि म्याचिङ्ग नहुँदा कारोबार हुन सकेन। त्यसैले पहिलो कारोबार आज सम्पन्न भएको हो।
नेप्सेले ट्रेड टावरको पहिलो कारोबारका लागि १२३ रुपैयाँ ९ पैसादेखि ३६९ रुपैयाँ २७ पैसासम्म को ओपनिङ्ग रेञ्ज निर्धारण गरेको थियो।
कम्पनीको सेयर TTL टिकर मा कारोबार भएको हो।








![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)








![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)


प्रतिकृया