सोलु हाईड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि पुस २९ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले कुल ८२ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो।
कुल निष्काशनमध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ। साथै, ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यो आईपीओ छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते बन्द हुनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ।
कम्पनीले गत कात्तिक २४ गते नेपाल धितोपत्र बोर्डबाट प्रति सेयर रु १०० अंकित दरका २ करोड कित्ता, अर्थात् २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको अनुमति पाएको थियो। सोही अनुमतिअनुसार पहिलो चरणमा मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि ४ करोड १० लाख कित्ता आईपीओ जारी गरिसकेको छ। पहिलो चरणको निष्काशन सम्पन्न भएपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउन लागेको हो।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया