राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आइतबार असार १ गतेदेखि शतप्रतिशत अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ। कम्पनीले १ः१ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, जेठ ५ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा भर्न सक्नेछन्।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत हकप्रद भर्न सक्नेछन्। हकप्रद भर्ने अन्तिम मिति असार २२ गतेसम्म रहेको छ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया