क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) लगानीकर्ताको डिम्याट खातामा जम्मा भइसकेको छ। कम्पनीको सेयर क्रेस्ट (CREST) सिम्बोलका साथ डिम्याट खातामा देखिन थालेको छ। कम्पनीको आईपीओ चैत ५ गते बाँडफाँट गरिएको थियो। सर्वसाधारण तर्फ १ लाख ८४ हजार ५०० जनाले प्रतिव्यक्ति १० कित्ता सेयर प्राप्त गरेका थिए।
अब कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ र त्यसको भोलिपल्टदेखि कारोबारमा आउनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि रु. १००.८६ देखि रु. ३०२.५८ को ओपनिङ रेन्ज तोकेको छ।




















प्रतिकृया