स्टार्टअप उद्यम कर्जाका लागि निवेदन दिई प्रारम्भिक सूचीमा परेका तर प्रस्तुतीकरण दिन छुटेका उद्यमीलाई पुनः अवसर दिइने भएको छ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज (आइतबार) सूचना प्रकाशित गर्दै छुटेकाहरूका लागि १३, १४, र १५ चैतमा प्रस्तुतीकरणको समय तोकिएको जानकारी गराएको छ।
यदि यस निर्धारित मितिमा समेत उपस्थित नभएमा उनीहरूलाई अर्को अवसर नदिइने प्रतिष्ठानले स्पष्ट पारेको छ। साथै, प्रस्तुतीकरणमा छुटेकाले १२ चैतभित्र प्रतिष्ठानमा सम्पर्क गर्नुपर्ने उल्लेख गरिएको छ।




















प्रतिकृया