SHAREHUBSHAREHUB

सर्वसाधारणका लागि सानिमा बैंकको सेयर बिक्रीमा, मूल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २८ गते
AdvertisementAds
सर्वसाधारणका लागि सानिमा बैंकको सेयर बिक्रीमा, मूल्य कति ?
AdvertisementAds

सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले आजदेखि ३ लाख ३९ हजार ४८४ कित्ता सेयर बिक्रीका लागि सार्वजनिक गरेको हो।

यसअघि, बैंकले जेठ १४ गते विद्यमान संस्थापक सेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गरी सेयर बिक्रीमा राखेको थियो। तर, सो अवधिमा कुनै पनि आवेदन नआएकाले अब सर्वसाधारण र संस्थापक सेयरधनीहरू दुवैका लागि सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ। बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय (नक्साल) मा आवेदन दिनुपर्नेछ। आवेदन पेश गर्दा न्यूनतम ५० हजार कित्ताका लागि आवेदन दिनु पर्ने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स