कस्तो छ सर्वोत्तम सिमेन्टको वित्तीय अवस्था ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ३० गते
कस्तो छ सर्वोत्तम सिमेन्टको वित्तीय अवस्था ?
Advertisement Ads

सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ३२ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

पहिलो त्रैमाससम्ममा कम्पनीको साञ्चलन आम्दानी १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। यस्तै, कम्पनीको अन्य आम्दानी ५ करोड ४५ लाख रुपैयाँ रहेको छ। कम्पनीले समीक्षा अवधिमा २७ करोड ३ लाख रुपैयाँ कुल खर्च गरेको छ।

कम्पनीको वित्त खर्च घटेर ६ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ। सर्वोत्तम सिमेन्टको चुक्ता पूँजी ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ५ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ।

Advertisement Ads

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २६.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०८.११ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ३१.९१ गुणा रहेको छ।

SARBTM 1 https://bajarkochirfar.com/what-is-the-financial-condition-of-sarbottam-cement | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स