सरकार र डा. गोविन्द केसीबीच भएको ७ बुँदे सहमतिमा के छ ?

सरकार र डा. गोविन्द केसीबीच भएको ७ बुँदे सहमतिमा के छ ?

विभिन्न माग राख्दै साउन ७ गतेदेखि धनगढीमा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ। सहमतिपछि डा. केसीले सोमबार साँझ आफ्नो अनशन अन्त्य गरेका छन्।

गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्वार्थको द्वन्द्व हुने गरी गरिएको गैरकानुनी नियुक्ति खारेज गर्नुपर्ने लगायतका मागसहित अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो।

सहमतिअनुसार कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल कम्तीमा ३०० शैयाको शिक्षण अस्पताल सञ्चालन प्रक्रिया अघि बढाइनेछ। साथै, एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक जनशक्ति भर्ना र शिक्षण अस्पतालको व्यवस्थापन तत्काल पूरा गरिनेछ।

विश्वविद्यालयका पदाधिकारीको योग्यता तथा नियुक्तिसम्बन्धी ऐन संशोधन प्रक्रिया तीन महिनाभित्र संघीय संसद्को चालु अधिवेशनबाट अघि बढाउने प्रस्ताव सरकारसमक्ष पेश गर्ने पनि सहमति भएको छ।

यस्तै, चिकित्सा शिक्षामा आयोगको मापदण्डअनुसार सिट निर्धारण गरिने, निजी शिक्षण संस्थामा सिट वृद्धि नगर्ने तथा शिक्षण संस्थालाई क्रमशः गैर-नाफामूलक र सेवामूलक बनाउने विषयमा अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरिनेछ।

सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रमा परनिर्भरता अन्त्य गर्न पूर्वाधार विकास गर्ने, २०८२ भदौमा भएका घटनाका दोषीमाथि कारबाही गर्ने तथा २०४६ यताका भ्रष्टाचारको छानबिन तीव्र बनाउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्।

विगतका सहमति कार्यान्वयनको अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा रहने कार्यदलले गर्नेछ। सहमतिपत्रमा डा. गोविन्द केसी, शिक्षा सचिव चूडामणि पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र सहसचिव चन्द्रकान्त भुसालले हस्ताक्षर गरेका छन्। सांसद पुकार बम र प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीश प्रसाद अग्रवाल रोहबरमा बसेका थिए।

kc1 https://bajarkochirfar.com/what-is-the-7-point-agreement-between-the-government-and-dr-govinda-kc | %tags kc https://bajarkochirfar.com/what-is-the-7-point-agreement-between-the-government-and-dr-govinda-kc | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स