निलम्बित नेताबारे के भन्छन् ओली ?



Advertisement
Ads

प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ‘पिलो निचोरिँदैमा वजन नघट्ने’ अभिव्यक्ति दिएका छन्।

आइतबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा ओलीले उक्त भनाइ राखेका हुन्। पार्टीका केन्द्रीय सदस्यहरूले नेतृहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई गरिएको कारबाहीबारे जवाफ मागेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।


Advertisement

ओलीले पाण्डे र तिम्सेनाले पार्टीभित्र नभई मिडियामा गएर धारणा राखेको आरोप लगाउँदै निलम्बनबारे पुनर्विचार नगर्ने स्पष्ट पारे। बैठकमा सहभागी एक नेताका अनुसार, ओलीले नेताहरूको आलोचनालाई सम्बोधन गर्दै भने, “पिलो निचोरिँदैमा वजन नघट्दैन।”

यसअघि झपट रावल, प्रकाश शाहलगायत नेताहरूले पाण्डे र तिम्सेनाको निलम्बनबारे पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए। तर, ओलीले कारबाहीमा अडिग रहने संकेत दिएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर