शिक्षा क्षेत्र सुधारको माग गर्दै प्रदर्शन गरिरहेका नेत्रसँगको भेटपछि शिक्षामन्त्रीले के भनिन् ?



Advertisement
Ads

काठमाडौंको माईतीघर मण्डलामा शिक्षा क्षेत्र सुधारको माग गर्दै प्रदर्शन गरिरहेका नेत्र चापागाईंलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार भेट गरेकी छन्। चापागाईंले ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, खाजा शुल्क वृद्धि लगायतका १४ बुँदे माग राखेर प्रदर्शन गरिरहेका छन्।

मन्त्री भट्टराईले चापागाईंसँगको भेटमा सरकार शिक्षा क्षेत्रका समस्याहरू समाधानमा गम्भीर रहेको बताएका छन्। उनले भने, “चालु आर्थिक वर्षको बजेट तयार भइसकेको कारण केही समस्या समाधान गर्न कठिनाइ भइरहेको छ। तर, हामीले आवश्यक नभएका कार्यक्रमहरू कटौती गरेर तत्कालीन समस्याहरू समाधान गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छौं।”


Advertisement

मन्त्रीले ईसीडी कार्यक्रमको समस्या समाधानका लागि कार्यदल गठन गरिएको र दरबन्दीको पुनरावलोकन भइरहेको जानकारी पनि दिइन्। उनले हरेक पालिकामा शिक्षा योजना र पाठ्यक्रम अनिवार्य हुनुपर्ने कुरामा जोड दिँदै भने, “सांसदहरूले फाइल लिएर हिँड्ने अवस्थाको अन्त्य गर्न आवश्यक छ।”

चापागाईंले यसअघि, गत जेठमा १९ दिनसम्म माईतीघरमा उभिएर आन्दोलन गरेका थिए। त्यसबेला तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले उनका माग सम्बोधन गर्ने आश्वासन दिइसकेकी थिइन्। तर, माग पूरा नभएपछि उनले पुनः आन्दोलन सुरु गरेका छन्। यसपटक चापागाईंलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले भेटेर छलफल गरेका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर