राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा के-के निर्णय भए ?

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा के-के निर्णय भए ?
Advertisement Ads

 प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ। बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ।

बैठकमा देशको समग्र सुरक्षा अवस्थासँगै साउन १० गते सुनसरीमा भएको घटनाबारे पनि समीक्षा गरिएको थियो। परिषद्का तर्फबाट गरिएको ब्रिफिङमा राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट उक्त क्षेत्रको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको जानकारी दिइएको थियो।

बैठकपछि जारी विज्ञप्तिअनुसार भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग प्रभावकारी समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी कार्यसम्पादन गरिने उल्लेख गरिएको छ।

त्यस्तै, विपद्का घटनामा खोज, उद्धार तथा राहतका कार्य समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीचको समन्वयलाई थप सुदृढ बनाउने निर्णय पनि बैठकले गरेको विज्ञप्तिमा जनाइएको छ।

बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल सरकारका मुख्य सचिव गोविन्द कार्की तथा प्रधान सेनापति अशोक सिग्देलको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स