instainsta

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउछौंः अर्थमन्त्री पौडेल

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १४ गते
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउछौंः अर्थमन्त्री पौडेल
AdvertisementAds

अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीलाई देशको मध्यभागको एक सम्भावनाशील जिल्ला रहेको बताएका छन् र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने दाबी गरेका छन्।

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान र श्री रण अम्बिका शाह आँखा अस्पतालको ४२ औं स्थापना दिवस समारोह र आधुनिक शल्यक्रिया भवनको शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले भने, “रुपन्देहीसँग असिमित विकासका सम्भावना छन्। यसले देशको भौतिक र मानवीय विकासमा महत्वपूर्ण योगदान दिन सक्छ र यो जिल्लाले नमुना बन्नुपर्छ।”

उनले थपे, “रुपन्देही सभ्यता र संस्कृतिको दृष्टिकोणबाट पनि महत्वपूर्ण छ, विशेष गरी गौतमबुद्धको जन्मस्थल भएको कारण यसले शान्ति र मानवताको सन्देश विश्वभरि फैलाएको छ। हामी बुद्धका सन्तान हौं, र यो सन्देशलाई फैलाउँदै मानवतावादी र उन्नत संस्कृति संसारभरि पुर्याउनुपर्नेछ।”

अर्थमन्त्री पौडेलले नकारात्मक सोच र विरोधका स्थानमा सद्भाव र एकताको बाटो अपनाउन रुपन्देहीको आवश्यकता रहेको बताए। उनले भने, “हामी सृजनात्मकता, सद्भाव र एकता फैलाउने प्रयास गर्नेछौं, न कि निन्दा र असन्तुष्टिका कार्यमा समय बर्बाद गर्नेछौं।”

५२ सालमा रुपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनको लागि केहीले पागलपनको आरोप लगाए पनि अहिले उक्त विमानस्थल निर्माण भई सञ्चालनमा आएको कुरा उनले उल्लेख गरे। “हामीले गर्दा यो विमानस्थल बन्यो, र अब यो राम्रोसँग सञ्चालन हुँदैछ। यसलाई नकार्ने र आलोचना गर्नेहरूलाई वास्ता नगरी हामी यसलाई चलाएर देखाउने छौं,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स