वाडा अटो शो २०२६ : बीवाईडीको गाडी किन्दा १० वर्षको वारेन्टी र भारी छुट

वाडा अटो शो २०२६ : बीवाईडीको गाडी किन्दा १० वर्षको वारेन्टी र भारी छुट

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले वाडा अटो शो २०२६ मा सहभागिता जनाउँदै विशेष अफर सार्वजनिक गरेको छ। पोखराको लेकसाइडस्थित तालबाराही चौरमा चैत ११ देखि १५ गतेसम्म (मार्च २५–२९) सञ्चालन हुने अटो शोको स्टल ए१२ मा कम्पनीका विभिन्न इलेक्ट्रिक सवारी साधन अवलोकन गर्न सकिनेछ।

कम्पनीले अटो शोमा नेपाली बजारमा उपलब्ध प्रमुख मोडलहरू प्रदर्शन गरेको छ। बीवाईडी एट्टो १ कम्प्याक्ट र स्मार्ट इन्ट्री–लेभल एसयूभी हो, जुन सहरी प्रयोगका लागि उपयुक्त छ। बीवाईडी एट्टो २ भर्सटाइल र आरामदायी इलेक्ट्रिक एसयूभीका रूपमा दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको छ, जहाँ प्रविधि, स्पेस र सहजताको सन्तुलन पाइन्छ। त्यस्तै, बीवाईडी एट्टो ३ प्रिमियम इलेक्ट्रिक एसयूभी हो, जसले सहरी र लामो दुरी दुबै यात्राका लागि उन्नत प्रविधि, बलियो प्रदर्शन र आधुनिक डिजाइन प्रदान गर्दछ।

पाँच दिनसम्म चल्ने उक्त कार्यक्रममा कम्पनीले सीमित समयका लागि विशेष अफर पनि ल्याएको छ। यस अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी, १ वर्षको निःशुल्क बीमा, १ वर्षको सडक दस्तुर छुट, आकर्षक नगद छुट, निःशुल्क एसेसरिज तथा कम्प्लिमेन्ट्री होम चार्जर सुविधा प्राप्त गर्नेछन्।

बीवाईडीका सवारी साधनहरू एड्भान्स्ड ब्लेड ब्याट्री टेक्नोलोजी र ई–प्लेटफर्म ३.० मा आधारित रहेका छन्, जसले सुरक्षा, कार्यक्षमता र ऊर्जा दक्षता बढाउने काम गर्छ। कम्पनीले यसमार्फत दिगो तथा भविष्यमुखी मोबिलिटीतर्फ आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।

यसै सन्दर्भमा साइमेक्स इंकका प्रतिनिधिले वाडा अटो शो काठमाडौं बाहिरका ग्राहकसँग जोडिने र नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा भइरहेको परिवर्तन देखाउने महत्वपूर्ण प्लेटफर्म भएको बताएका छन्। साथै, विशेष अफर र प्रमाणित प्रविधिमार्फत ईभी स्वामित्वलाई सहज र पहुँचयोग्य बनाउने लक्ष्य रहेको उल्लेख गरेका छन्।

अवलोकनकर्ताहरूले उक्त कार्यक्रममा सवारी साधन नजिकबाट अवलोकन गर्न, विशेषज्ञसँग अन्तरक्रिया गर्न तथा इभेन्टमा मात्र उपलब्ध अफरको लाभ लिन सक्नेछन्। थप जानकारी तथा बुकिङका लागि ९८०२८५७७६७ वा ९८०२८५३०९८ मा सम्पर्क गर्न सकिनेछ।

652128857 1607816553770087 7556179281822596263 n https://bajarkochirfar.com/wada-auto-show-2026-10-year-warranty-and-huge-discounts-when-buying-byd-vehicles | %tags

654495196 1608625183711629 5756552062216126540 n https://bajarkochirfar.com/wada-auto-show-2026-10-year-warranty-and-huge-discounts-when-buying-byd-vehicles | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स