विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई अन्तशुल्क स्टिकर खरिद प्रक्रियामा अनियमितता गरेको ठहर गर्दै ८ वर्ष कैद, तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना, र सोही बराबरको विगो तिर्ने सजाय सुनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते उनीहरूसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। सोही प्रकरणमा मुद्दा चलाइएका तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याललाई भने विशेष अदालतले सफाइ दिएको छ। कात्तिक १४ गते दोषी ठहर गरिएका पौडेल र श्रेष्ठको बिहीबार सजाय निर्धारण गरिएको हो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया