विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गर्ने भएको छ। लघुवित्तले संस्थापक र सर्वसाधारण सेयरधनीबीचको सेयर स्वामित्व ७०ः३० कायम गर्नका लागि एफपीओ निष्काशन गर्न लागेको हो।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्पन्न भएपछि लघुवित्तको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ। मर्जरपश्चात संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७४.३९ः२५.६१ कायम रहेको हुँदा सो अनुपातलाई समायोजन गर्न एफपीओ निष्काशन गर्न लागिएको हो।
लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण सेयर थप सार्वजनिक निष्काशन गर्ने छ। यस एफपीओमा लगानीकर्ताले छिटोमा पुस २४ गतेसम्म र ढिलोमा माघ ५ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने क्रममा सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
एफपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ ‘बी एटदरेट’ प्रदान गरेको छ। यस रेटिङले लघुवित्तले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू मार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकास गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि सि–आस्बामार्फत आवेदन दिन सकिनेछ।














![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)




![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया