कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति यादवले सम्हाल्ने

कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति यादवले सम्हाल्ने

राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणमा रहेकाले उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई कार्यवाहक राष्ट्रपतिका रूपमा तोकिएको जानकारी राष्ट्रिय सभालाई दिइएको छ। सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा यसबारे जानकारी गराएका छन्।

राष्ट्रपति पौडेल जापान सरकारको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान गएका हुन्। यो भ्रमण नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा भएको हो।

स्वदेश फिर्ता नभएसम्म राष्ट्रपतिका सबै कार्यहरू उपराष्ट्रपति यादवले सञ्चालन गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स