ग्वार्को फ्लाइओभरमा अब ४ दिनपछि गुड्नेछ सवारीसाधन

ग्वार्को फ्लाइओभरमा अब ४ दिनपछि गुड्नेछ सवारीसाधन
AdvertisementAds

ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरमा अब ४ दिनपछि सवारीसाधन सञ्चालन हुने भएको छ। फ्लाईओभरको मुख्य संरचना निर्माण सम्पन्न भएसँगै आवश्यक अन्तिम तयारी भइरहेको छ।

सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीका अनुसार, लेन सेपरेटर राख्ने, सडकमै लाइनिङ गर्नेजस्ता अन्तिम कामहरू सम्पन्न भइसकेकाले फ्लाईओभर सवारी सञ्चालनको अवस्थामा पुगेको हो। फ्लाईओभरको उद्घाटन यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ। उद्घाटनसँगै फ्लाईओभरमा सवारीसाधन सञ्चालन सुरु गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स