आज राति १२ बजेदेखि सवारी साधन चलाउन नपाइने, कहिलेसम्म ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २० गते
आज राति १२ बजेदेखि सवारी साधन चलाउन नपाइने, कहिलेसम्म ?
सांकेतिक तस्बिर

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज बुधवार राती १२ बजेदेखि भोलि मतदान सम्पन्न नभएसम्म (बिहीवार साँझ ५ बजेसम्म) अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचन सुरक्षा कडा पार्दै मतदान सुरक्षित रूपमा सम्पन्न हुनुपर्ने उद्देश्यले यो निर्णय गरिएको हो।

यद्यपि, अत्यावश्यक सेवा सवारी (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारी, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारी), कुटनीतिक नियोगका निलो प्लेट भएका सवारी, र निर्वाचन आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पास प्राप्त सवारी भने सञ्चालनमा स्वतन्त्र रहन सक्छन्।

आयोगले निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै अवरोध वा समस्या उत्पन्न भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न र आवश्यक परेमा सुरक्षा निकायले निर्वाचन आयोगसँगको सहकार्यमा सहजीकरण गर्ने व्यवस्था मिलाइने जानकारी दिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स