भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र लुटपाटमा ८० लाखभन्दा बढीको क्षति

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १८ गते
भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र लुटपाटमा ८० लाखभन्दा बढीको क्षति
AdvertisementAds

काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट हुँदा ८० लाखभन्दा बढीको क्षति भएको छ। राजावादी समूहका कार्यकर्ताले भाटभटेनी सुपरमार्केटमा प्रवेश गरी तोडफोड गर्नुका साथै ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटेका छन्।

त्यसैगरी भाटभटेनी भवनका बाहिरी भागका धेरै सिसा फुट्नाका साथै संरचनामा ११ लाख ८५ हजार ८५५ रुपैयाँ बराबरको क्षति भएको छ। साथै, दुई लाख ६५ हजार रुपैयाँका शो-केस तथा अन्य सामग्री नष्ट भएका छन्। काउन्टरमा रहेका ९४ हजार रुपैयाँसमेत लुटिएको छ। यस घटनामा संलग्न केहीलाई भने प्रहरीले पक्राउ गरेको छ र थप अनुसन्धान चलिरहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स