अमेरिकाले रोक्यो स्टुडेन्ट भिसा, अब सामाजिक संजाल हेरेर मात्र भिसा दिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १४ गते
अमेरिकाले रोक्यो स्टुडेन्ट भिसा, अब सामाजिक संजाल हेरेर मात्र भिसा दिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि भिसा इन्टरभ्यु अस्थायी रूपमा रोक्न आदेश दिएको छ र सामाजिक सञ्जालमा आधारित जाँचलाई अझ कडा बनाउने तयारी गरिरहेको छ।

विदेश मन्त्री मार्को रुबियोद्वारा अमेरिकी दूतावासहरूलाई पठाइएको एक मेमो अनुसार, “नयाँ निर्देशन नआएसम्म विद्यार्थी भिसाका इन्टरभ्युहरू रोकिने” निर्णय गरिएको छ।

सामाजिक सञ्जाल परीक्षण कडा हुँदै

सीबीएस न्यूजका अनुसार अमेरिकी स्टेट डिपार्टमेन्टले अब स्टुडेन्ट र एक्सचेन्ज भिसा आवेदकहरूको सामाजिक सञ्जाल परीक्षण प्रणालीलाई थप कडा बनाउने तयारी गरिरहेको छ।

विद्यार्थी भिसाका लागि अन्तर्वार्ता तय भएका नयाँ अपोइन्टमेन्टहरू हटाउन पनि आदेश दिइएको छ। यद्यपि, पहिले नै तोकिएका अपोइन्टमेन्टहरू भने यथावत् रहने जनाइएको छ।

हार्वर्डमाथि निशाना, विदेशी विद्यार्थीलाई असर

अमेरिकी प्रशासनले हार्वर्डलगायतका शीर्ष विश्वविद्यालयहरूलाई ‘वामपन्थी सोच’ फैलाएको आरोप लगाउँदै विदेशी विद्यार्थी हटाउने नीति अघि बढाएको छ। हार्वर्ड विश्वविद्यालयमा सरकारी अनुदान रोकिएको छ भने विदेशी विद्यार्थी भर्ना र शोधकर्तालाई हटाउने प्रयास पनि गरिएको थियो। यद्यपि, यो निर्णयलाई अदालतले हालसालै रोक लगाएको छ।

नयाँ नीति लागू भए विदेशी विद्यार्थी प्रभावित

विदेशी विद्यार्थीले सामान्यतः आफ्नो देशस्थित अमेरिकी दूतावासमा अन्तर्वार्ता दिएर भिसा पाउने प्रक्रिया हुन्छ। अमेरिकी विश्वविद्यालयहरूले विदेशी विद्यार्थीबाट प्राप्त हुने उच्च शुल्कमार्फत ठूलो आम्दानी गर्ने गरेका छन्।

तर, यो नयाँ निर्णय कार्यान्वयनमा आएमा विश्वभरका विद्यार्थीहरूका लागि अमेरिकामा अध्ययन गर्न कठिन हुने देखिन्छ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले भनेकी छन्, “देशभित्र को आउने हो भन्नेबारे निर्णय गर्न हामी हरेक उपकरण प्रयोग गर्नेछौं। त्यसमा सामाजिक सञ्जाल पनि एक महत्त्वपूर्ण पक्ष हुनेछ।”

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स