SHAREHUBSHAREHUB

अमेरिकाले फेरि ८० जना नेपालीलाई देशबाट निकाल्यो

AdvertisementAds
अमेरिकाले फेरि ८० जना नेपालीलाई देशबाट निकाल्यो
AdvertisementAds

अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। मंगलबार चाटर्ड विमानमार्फत यी नेपाली नागरिकहरू काठमाडौं ल्याएर छाडिएका हुन्।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेमा ७९ जना पुरुष र एक महिला रहेका छन्। उनीहरूमध्ये केहीको कागजात नबसेको, केही गैरकानुनी रूपमा बसोबास गर्दै आएको, र केहीले अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेको पाइएको छ।

डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाइयो। ब्युरोका अधिकारीहरूले उनीहरूसँग सोधपुछ गरेर परिवारको जिम्मा लगाएका छन्। यदि कसैले गैरकानुनी रूपमा अमेरिका पठाएको भए उजुरी दिन पनि ब्युरोले अनुरोध गरेको छ।

अमेरिकाले यसअघि पनि चरणबद्ध रूपमा नेपाली नागरिकहरूलाई डिपोर्ट गर्दै आएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स