नेपालमा एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ११ गते
नेपालमा एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बन्द गर्ने निर्णय गरेको छ। एलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (DOGE) ले इमेलमार्फत परियोजना बन्द हुने जानकारी दिएको हो।

एमसीसीका कार्यक्रमहरूमा ठूलो कटौती हुँदै कर्मचारीहरूलाई स्वैच्छिक अवकाश लिन निर्देश गरिएको छ। सन् २००४ मा स्थापना भएको एमसीसीले नेपालसहित २० देशमा ५.४ अर्ब डलरभन्दा बढी अनुदान सञ्चालनमा ल्याएको छ। नेपालसँगको सम्झौता अनुसार ५० करोड डलर अनुदानमा ३ सय किमी प्रसारण लाइन, सबस्टेसन र ३०५ किमी सडक स्तरोन्नतिको योजना छ।

सम्झौता लागू भएको मितिदेखि पाँच वर्षभित्र योजनाहरू पूरा गरिने प्रावधान छ। एमसीसी अन्तर्गतका दुई आयोजना नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा घोषणा गरिसकेको छ।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स