नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेतप्रसाद उप्रेती नियुक्त भएका छन्। बिहीबार भएको औपचारिक कार्यक्रममा उनले डेपुटी गभबहादुर मिश्रसमक्ष अध्यक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
यसअघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा कार्यरत थिइन्। उप्रेतीसँग केन्द्रीय बैंकका विभिन्न विभागहरूमा २७ वर्षभन्दा बढी अनुभव छ र उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्। हाल उनी राष्ट्र बैंकको गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्।
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीका प्रतिनिधि सहभागी छन्। एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले संयुक्त रूपमा स्थापना गरेको कम्पनी हो।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया