कहिलेसम्म सेयर किन्नेले नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ६ गते
कहिलेसम्म सेयर किन्नेले नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद भर्न पाउने ?

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन प्रयोजनार्थ भदौ ९ गते बुक क्लोज गर्ने भएको छ। जस अनुसार, भदौ ८ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र बैंकको हकप्रद सेयर भर्न पाउनेछन्।

नेपाल धितोपत्र बोर्डले गत साउन १५ गते बैंकलाई १:१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको थियो। सो अनुसार बैंकले १०० रुपैयाँ अंकित दरका २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद सेयर जारी गर्नेछ, जसको कुल मूल्य २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ हुनेछ।

हकप्रद बिक्री सम्पन्न भएपछि बैंकको चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार ४०० रुपैयाँ पुग्नेछ। हकप्रद सेयर विक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स