instainsta

कहिलेसम्म सेयरधनी बने पाइन्छ घोराही सिमेन्टको लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २१ गते
कहिलेसम्म सेयरधनी बने पाइन्छ घोराही सिमेन्टको लाभांश ?
AdvertisementAds

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको लाभांश सुरक्षित गर्ने मंसिर २५ गते अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअन्तर्गत मंसिर २५ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र लाभांश पाउने र सभामा सहभागी हुने योग्य हुनेछन्।

कम्पनीले १०% बोनस सेयर र ०.५२६३% नगद लाभांश गरी कुल १०.५२६३%  लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले पञ्चौ वार्षिक साधारण सभा पुस १४ गते बिहान ९ बजे दाङस्थित होटल पौवामा बोलाएको छ। सभामा हकप्रद सेयर वितरण, प्रबन्धपत्र संशोधन, वार्षिक प्रतिवेदन पारित, लेखापरिक्षकको प्रतिवेदन र वित्तीय विवरणहरू पारित, कम्पनीको कारोबार अनुमोदन, संस्थापक सेयरधनीबाट सापटी रकम व्यवस्थापन, लेखापरिक्षक नियुक्ति तथा संस्थापक सेयरधनी समूहतर्फबाट सञ्चालकहरूको निर्वाचनसमेतको प्रस्ताव उपर छलफल गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स