मुक्तिनाथ कृषि कम्पनीको ८.४२ प्रतिशत लाभांश सुरक्षित गर्ने कात्तिक १३ गते अन्तिम दिन रहेको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १४ गते बुक क्लोज गर्दैछ। जसअनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन्।
कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले कात्तिक २१ मा सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
सभाले बोनस सेयर जारीपश्चात ७५ करोड ५९ लाख ९३ हजार रुपैयाँको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। साथै, वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव अनुमोदन हुनेछ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया