राप्ती हाइड्रोको १०० प्रतिशत हकप्रद सेयर कहिलेसम्म भर्न पाइन्छ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १५ गते
राप्ती हाइड्रोको १०० प्रतिशत हकप्रद सेयर कहिलेसम्म भर्न पाइन्छ?

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि जारी गरेको हकप्रद सेयर भर्ने असार २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

यस हकप्रद सेयरको लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, जेठ ५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद सेयर भर्न सक्नेछन्। हकप्रद सेयर निस्काशनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर नक्साल काठमाडौं र राप्ती हाइड्रोको कर्पोरेट कर्यालय त्रिपुरेश्वर, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

यस्तै, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड– चितवन, पोखरा कास्की (चिप्लेढुङ्गा), बुटवल रुपन्देही, नेपालगञ्ज बाँके, वीरेन्द्रनगर सुर्खेत, धनगढी कैलाली र महेन्द्रनगर कञ्चनपुरबाट आवेदन दिन सकिनेछ । साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स