आजसम्म सेयर किन्नेले मात्र पाउँछन् दुई इन्स्योरेन्सको लाभांश र एक जलविद्युतको हकप्रद

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २१ गते
आजसम्म सेयर किन्नेले मात्र पाउँछन् दुई इन्स्योरेन्सको लाभांश र एक जलविद्युतको हकप्रद
AdvertisementAds

आज (बुधबार) एनएलजी इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र बरुण हाइड्रोपावर कम्पनीका सेयरधनीहरूका लागि लाभांश तथा हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन हो। यी कम्पनीहरूले भोलि (जेठ २२) गते बुकक्लोज गर्दैछन्, त्यसैले आजसम्म नेप्सेमा सेयर किन्ने लगानीकर्ताले मात्र लाभांश र हकप्रद सेयरमा भाग लिन पाउनेछन्।

एनएलजी इन्स्योरेन्सले जेठ २९ गते, बिहीबार, १९ औं वार्षिक साधारण सभा बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजे बोलाएको छ। सभाले २.५०% बोनस सेयर र ०.१३१५७९% नगद लाभांश वितरण गर्ने प्रस्तावसहित अन्य नियमित एजेन्डाहरू पारित गर्नेछ।

नेशनल लाइफ इन्स्योरेन्सको ३७ औं वार्षिक साधारण सभा असार ५ गते, बिहीबार, बिहान साढे १० बजे कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाटमा हुनेछ। सभाले ५% बोनस र १०% नगद लाभांश वितरण गर्ने प्रस्तावसहित सञ्चालक निर्वाचन लगायत अन्य प्रस्ताव पारित गर्नेछ।

बरुण हाइड्रोपावरले १:१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँमा जारी गर्न लागेको हो। हकप्रद सेयरमा सहभागी हुन चाहनेले पनि आजभित्र सेयर खरिद गरिसक्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स