SHAREHUBSHAREHUB

सबैभन्दा महंगो सेयर भएको युनिलिभरको प्रतिसेयर आम्दानी नै २००० बढी

AdvertisementAds
सबैभन्दा महंगो सेयर भएको युनिलिभरको प्रतिसेयर आम्दानी नै २००० बढी
AdvertisementAds

युनिलिभर नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा १३.४९ प्रतिशतले धेरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी ५.५१ प्रतिशतले बढे सँगै नाफामा सुधार आएको हो । गत वर्ष १ अर्ब ८४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको सञ्चालन आम्दानी चालू आर्थिक वर्षमा बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङमा ४ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्ष यसै अवधिमा रिटेन्ड अर्निङ ३ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्ष २ हजार ७५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २ हजार ९७ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि ४ हजार २१४ रुपैयाँबाट बढेर ४ हजार ६४१ रुपैयाँ कायम भएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स