बालेन सरकारको ‘एक्सन’ पछि एमालेको ‘रियाक्सन’: गृहमन्त्री गुरुङलाई बस्नेतले भने– ‘अराजक र अनुभवहीन’

बालेन सरकारको ‘एक्सन’ पछि एमालेको ‘रियाक्सन’: गृहमन्त्री गुरुङलाई बस्नेतले भने– ‘अराजक र अनुभवहीन’

नेकपा एमालेका सचिव महेश बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्रीरमेश लेखक को गिरफ्तारीले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना भएको बताएका छन्।

 बस्नेतले फेसबुकमा लेखेका छन्, “बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ,” ।

“प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ,” उनले भनेका छन्, “अहिले बिहान ८ः३० बजे बस्ने सचिवालयको बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ ।”

Screenshot 2026 03 28 073913 https://bajarkochirfar.com/umls-reaction-after-balen-governments-action-basnet-calls-home-minister-gurung-chaotic-and-inexperienced | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स