माघ ४ बाट एमाले चुनावी मैदानमा उत्रिने, काठमाडौँमा विशेष जनप्रदर्शन

माघ ४ बाट एमाले चुनावी मैदानमा उत्रिने, काठमाडौँमा विशेष जनप्रदर्शन

नेकपा एमालेले माघ ४ गते काठमाडौँमा विशेष जनप्रदर्शन गर्दै फागुन २१ गते हुने निर्वाचनमा औपचारिक रूपमा होमिने भएको छ। नेकपा एमालेका संयोजक तथा पार्टी सचिव महेश बस्नेतले बिहीबार पत्रकार सम्मेलनमार्फत माघ ४ बाट एमाले चुनावी गतिविधिमा सक्रिय हुने जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले माघ ४ गते काठमाडौँमा खुला सभासहित विशेष जनप्रदर्शन आयोजना गरिने बताए। “माघ ४ गते काठमाडौँमा एमालेले विशेष जनप्रदर्शन गरेर चुनावमा होमिन्छ,” उनले भने, “खुला सभाबाट एमाले निर्वाचनमा सहभागी भएको स्पष्ट सन्देश दिन खोजिरहेका छौँ।” उनले कतिपयले अझै पनि एमाले चुनावमा भाग लिन्छ कि लिँदैन भन्ने प्रश्न उठाइरहेको उल्लेख गर्दै एमालेले कहिल्यै पनि चुनाव नलड्ने भनाइ नराखेको स्पष्ट पारे। “हाम्रो भनाइ अहिले चुनावको वातावरण छैन भन्ने मात्र हो,” बस्नेतले भने।

बस्नेतका अनुसार अहिले पनि प्रहरी प्रशासन र न्यायालयको मनोबल कमजोर छ। उनले प्रहरी घाइते अवस्थामा रहेको, हतियार फिर्ता नभएको अवस्थामै राजनीतिक घटनाक्रम थप जटिल बन्दै गएको दाबी गरे।सरकारको कामकारबाहीप्रति आलोचना गर्दै बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई नागरिक सरकारको रूपमा प्रस्तुत गरिरहेको बताए। उनले ठूलो जनदबाब र रवि लामिछानेका कारण कुलमान घिसिङले राजीनामा दिएको भए पनि अन्य मन्त्रीहरूको कार्यशैलीमा सुधार नआएको आरोप लगाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स