बाँदर आतंक नियन्त्रण नभए संसद चल्न नदिने एमाले सांसद राईको चेतावनी

बाँदर आतंक नियन्त्रण नभए संसद चल्न नदिने एमाले सांसद राईको चेतावनी

प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सरकारले एक हप्ताभित्र बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाले संसद बैठक सञ्चालन गर्न नदिने चेतावनी दिएका छन्।बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाँदर आतंकका विषयमा सांसदहरूले पटक–पटक आवाज उठाउँदा पनि सरकार गम्भीर नभएको आरोप लगाए। सात दिनभित्र समस्या समाधानतर्फ प्रभावकारी कदम नचालिए संसद सञ्चालनमै अवरोध सिर्जना हुने उनको भनाइ थियो।

सांसद राईले बाँदरका कारण सर्वसाधारणको जनजीवन प्रभावित भएको उल्लेख गर्दै सरकारले यसलाई प्राथमिकताका साथ समाधान गर्नुपर्ने बताए। “मानिसले बदमासी गयोभने उसलाई पुलिसले बाँधेर लैजान्छ । उसलाई जेलमा थुनिन्छ । आज बाँदरले सयौँ मानिसहरूलाई बसाई उठाईसक्यो । सयौँ मानिसहरूले दाल, भात, तरकारी खान पाएनन् । यसबारेमा सरकार किन सिरियस हुँदैन ?” उनले प्रश्न गरे।

सांसद राईले बाँदर आतंकका कारण धेरै नागरिक विस्थापित हुन बाध्य भएको र खेतीपाती र दैनिक जीवनसमेत प्रभावित बनेको उल्लेख गरे। उनले जनताको जीवनसँग प्रत्यक्ष जोडिएको यो समस्या समाधान गर्न सरकारले कानुनी वा अन्य जुनसुकै माध्यम अपनाउनुपर्ने बताए।सांसद राईले बाँदर आतंकबाट नागरिकलाई राहत दिन सरकार पछि हट्न नहुने भन्दै तत्काल प्रभावकारी कदम चाल्न माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स