आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएका छन् ।
सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीमा ५, कञ्चनपुरमा ३, अछाममा २ अन्यमा एकएक गरी १६ वटा निर्वाचन क्षेत्र कायम छन् । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले टुङ्ग्याएका उम्मेदवारमा १२ जना सङ्घीय र प्रदेशका पूर्वमन्त्री छन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नं. १ बाट भीमबहादुर रावल, सोही दलका कैलाली क्षेत्र नं. ५ मा प्रेम आले, कञ्चनपुर क्षेत्र नं. १ मा विना मगर तथा त्रिलोचन भट्टलाई डोटीबाट उम्मेदवार बनाइएको छ ।
प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाह बाजुराबाट, नेपाली कम्युनिष्ट पार्टीबाट कञ्चनपुर – २ मा लालबहादुर खड्का कञ्चनपुर– ३ मा मानबहादुर सुनार उम्मेदवार हुने भएका छन् ।
नेकपा (एमाले)ले दार्चुलाबाट गणेशसिंह ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी, कैलाली ४ मा लेखराज भट्ट, कैलाली– ३ का गौरीशङ्कर चौधरी र अछाम १ मा झपटबहादुर बोहरालाई प्रत्याशी बनाउने निर्णय गरेको छ ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया