‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक नेपाली बजारमा सार्वजनिक, मूल्य कति?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २८ गते
‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक नेपाली बजारमा सार्वजनिक, मूल्य कति?
AdvertisementAds

नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सिजी मोटर्सले नेपाली बजारमा ‘एक्स्ट्रिम’ सिरिजका दुई नयाँ बाइक सार्वजनिक गरेको छ।

एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० आर नामक यी बाइकहरू आधुनिक प्रविधि र सुविधासहित आएका छन्। एक्स्ट्रिम १२५ आर दुई भेरियन्ट— सीबीएस र एबीएसमा उपलब्ध छ, जसको मूल्य क्रमशः २,८९,९०० रूपैयाँ र ३,११,९०० रूपैयाँ तोकिएको छ।

यसमा सिंगल च्यानल एबीएस, उन्नत ब्रेकिङ प्रणाली, एलईडी हेडलाइट, र ब्लुटुथ कनेक्टिभिटी जस्ता सुविधाहरू छन्। कम्पनीका अनुसार यो बाइक आफ्नो श्रेणीकै सर्वाधिक तीव्र गतिका लागि परिचित छ।

अर्कोतर्फ, एक्स्ट्रिम १६० आर, जसको मूल्य ३,८४,९०० रूपैयाँ छ, श्रेणीकै तीव्र गति क्षमतासहित केवाइबी युएसडी सस्पेन्सन र प्रभावकारी ब्रेकिङ प्रणालीले सुसज्जित छ।

तीव्र गतिमा रुचि राख्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो बाइक विशेष डिजाइन गरिएको छ। यी नयाँ बाइकहरूले नेपाली दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीले विश्वास लिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स