दुई जना मन्त्री चढेको गाडी एकआपसमा ठोक्किएर दुर्घटना

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १३ गते
दुई जना मन्त्री चढेको गाडी एकआपसमा ठोक्किएर दुर्घटना

सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी लम्कीमा आपसमा ठोक्किँदा दुर्घटना भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि चिसापानी जाँदै गर्दा भौतिकमन्त्री सुरेन्द्र पाल र कानूनमन्त्री ही सार्की सवार गाडीहरू आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, पाल सवार बा.२ झ १४१९ नम्बरको गाडीलाई सार्की सवार से.१ झ ३३० नम्बरको गाडीले लम्कीमा पछाडिबाट ठक्कर दिएको हो।

दुर्घटनामा दुबै गाडीमा सवार सबैको अवस्था सामान्य रहेको जनाइएको छ। प्रधानमन्त्री ओली कैलालीको जानकी गाउँपालिका–९ मा निर्मित कटासे जलविद्युत आयोजना उद्घाटन गर्न चिसापानी जाँदैछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स